जंगलका बिचमा एक्लै भोकभोकै ७० वर्षीय वृद्ध बुवा, गिट्टी फोरेर जीवन धानिरहेका उनी अहिले लकडाउनको मारमा

भिडियो

अर्घाखाँची ८ ,छत्रदेव जहाँ बुवा जङ्गलको बिचमा एउटा घरमा बस्नुहुन्छ ।रातोदिन बाघको त्रासमा बस्नुपरेको बुवा बताउनुहुन्छ ।डर एकातिर र बस्दै आएको घर समेत अर्कैको भइरहदा यहाबाट निस्केर कहाँ जाने भन्ने बुवालाई एकदमै ठूलो चिन्ता छ ।डर र चिन्ताको भुमरिमा बुवाको दिनरात बेथित भैरहेको छ ।

बुवा एक्लो जीवन बेथित गरिरहनुभएको छ ।उहाले आफ्नो जिन्दगीभर बिवाह नै गर्नुभएन ।बिवाह गर्ने उमेरमा उहालाई आ`गोले पोल्यो र उपचार गर्न भन्दै उहाँ भारततिर जानुभयो ।नत छोराछोरी नत आमाबुवा आफै बृद्ध भैसकेका बुवाको जिन्दगी अहिले एकदमै बेसहरा तबरमा बितिरहेको छ ।आफ्नो म`र्ने बेला भैरहदा पनि सम्म दिने मान्छे नभएको र गुहार पनि यो जंगलको बिचमा कस्लाई माग्ने भन्दै भक्कानिनुहुन्छ ।

इमलाल पाण्डे अहिले ७० बर्षको हुनुभयो ।यत्रो उमेर भैरहदासम्म आफुले एउटा पनि नया कपडा किनेर नलाएको उहाँ बताउनुहुन्छ ।अब उमेरले पनि डाडो का`ट्यो आफ्ना पनि कोहि छैनन्, शिररले पनि भने बमोजिम काम गर्न सक्दैन बरु आश्रम भए त्यतै जाने बुवा एकदमै दुखि हुँदै बताउनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *