लकडाउनले गरीबको गाँस खोसियो

भिडियो

पोखरा । जो हुँदा खान्छन ति वर्ग मारमा छन अहिले । कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न जारी निषेधाज्ञाले यो देशको ठूलो हिस्सा अर्थात हुँदा खाने वर्ग मारमा परेका छन् ।कोरोनाको पहिलो लहरमा जारी गरिएको लकडाउनमा धेरै मनकारी हातहरु अघि सरेर भोका बस्ने ती वर्गको पेटमा आहारको जोहो ग¥यो तर कोरोनाको दोस्रो लहरमा जारी गरिएको कठोर निषेधाज्ञामा धेरै पेटहरु अझै भोका नै छ ।

उनीहरुको पेटमा कसिएको पटुकी खोेलेर आहारको व्यवस्था गर्न न त्यति बढी सामाजिक संघसंस्था नै अघि सरे नत मनकारीहरु नै । संघीय र स्थानीय सरकारलाई त फुर्सद् भएन तर गरीबको गाँसको व्यवस्था गर्न अन्य संस्था पनि पछि सर्दा देशभर धेरैको विचल्ली भएको छ । जो रोग भन्दा पनि भोकसंग बढी तड्पिदै आएका छन् ।पोखरालाई काखमा राखेर लमतन्न परेको बसेको फेवाताललाई जीविकोपार्जनको माध्यम बनाउँदै आएका जलारी समुदाय अहिले दयनीय अवस्थाबीच दैनिकी काँटिरहेका छन् । जस्को हातमुख जोर्ने सबै उपाय यतिखेर फेवातालको गहिराईसंगै डुबेको छ ।

यसपटक जलारी समुदायको छाप्रोमा राहत दिन कोही पुगेनन्

फेवातालमा माछा मार्ने र बेचेर त्यसैका भरमा जीवन गुजार्ने जलारी समुदायलाई यतिबेला जीवन धान्न धौं धौं परेको छ । कोभिड–१९ को महामारी फैलिएपछि लकडाउन हुँदा माछा मार्ने र बेच्ने काम रोकिएको छ । जसले गर्दा एकसय घरधुरी परिवारका जलारी समुदायलाई विहान बेलुकाको गर्जो टार्न मुस्किल पर्दै गएको हो ।

केही हुनेले त ऋणधन गरेर जीविको टार्दै थिए । तर नहुनेको विकल्पै तालबाहेक अर्को केही थिएन । शुरुको लकडाउनमा पूर्व युवराज पारसदेखि जनप्रतिनिधिहरुले समेत केही राहत वितरण गरेका थिए । तर यसपटक जलारी समुदायको झुप्रोमा कोही राहत दिन आएनन् ।
माछा मा’रेपनि बेच्ने ठाउँ छैन।लकडाउनको १ महिनापछि पुनःहप्ताको १ दिन माछा मार्न थालेका जलारीहरुलाई माछा भए पनि बजार नहुँदा अर्को समस्या थपियो । आफूलाई गर्जो टार्न भएपनि दाल, चामल र अन्य सामान किन्नका लागि माछा नबेची भएन । तर यतिबेला माछा मारेर पनि बेच्ने ठाउँ छैन ।

सम्पतिको नाममा त्यही फेवाताल

एकातिर कोरोना संक्रमणको भया’वह उत्तिकै छ । तर रो’ग भन्दा पनि भोकले च्या’पेपछि जलारी समुदायका महिलाहरु आफ्ना पुराना ग्राहकहरुका घर–घरमा माछा बेच्न विहानै डुलिरहेका छन् ।लकडाउनका कारण फेवातालसँग आश्रित जलारी परिवारको जीवन यतिबेला संकटमा परेको छ । झण्डै एकसय घरधुरीका जलारीहरुको संख्या ५०० जना भन्दा बढी रहेको छ । सम्पत्तिको नाममा फेवातालमात्र रहेका उनीहरुलाई स्थानीय निकाय, जनप्रतिनिधि र सहयोगी मनहरुले एक चोटी पुनः सम्झिने पो हो कि ?(फाइल तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *