मुख्य पृष्ठअन्तरास्ट्रियचीनले १ घण्टामा पृथ्वीको ३ चक्कर लगाउन सक्ने विमान बनायो

Rochak


एजेन्सी – चीनले उड्ने हा’इपरसोनिक विमानको परीक्षणका लागि एक हा’इपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ ।

चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन ले’क्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ । यसबाट चीन पश्चिमा देशहरुभन्दा २० देखि ३० वर्ष अगाडि हुने छ ।’

साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मि’साइलसहित हा’इपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् ।यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ ।

अर्थात् यो विमानबाट एक घण्टामा पृथ्वीलाई तीन चक्कर लगाउन सकिन्छ । पृथ्वीको ब्यास १२ हजार ७१४ किलोमिटर छ भने यस विमानको गति ३७ हजार १३ किलोमिटर हुने छ ।चीनको हाइपरसोनिक एजेन्सी इ’न्सटिच्युट अफ मेकानिक्ससँग काम गर्ने गुइलईका अनुसार यति छिटो गतिमा यात्रा गर्ने जेट विमान १० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावाका अणु र परमाणुलाई पनि तोड्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *