८४ वर्षीय वृद्ध पक्राउ, ७ वर्ष बढी जेल सजाय

समाचार


दाङ । प्रहरीले कर णी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका– ४ का ८४ वर्षीय रामु केसीलाई प्रहरीले बिहीबार बिहान उनैको घरबाटै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते कर णी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो। साथै, दुई लाख २५ हजार जरिवाना समेत तोकेको थियो।

अदालतको फैसला लगतै केसी फरार भएका थिए। पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो। अदालतको आदेश कार्यान्वयनको लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताए।

जीवनरक्षाको याचना

उपचारका लागि अर्थाभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् ।

घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् । उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने, “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।”

बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ लाखसम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तित र एक्लो छोरा गुमाउँछु कि भन्ने चिन्ताले पिरोलीरहेको उहाँले बताउनुभयो । आफ्नो छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वले सहयोग गर्न चाहेमा बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ ।

सिधैँ बैंक खातामा सहयोग गर्न चाहनेले अखिलका बुवाको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर १२७१०४०६७८४१३०१ मा रकम जम्मा गर्न सकिन्छ । बालकको उपचारमा सहयोग पु¥याउनका लागि विभिन्न ठाउँबाट अहिलेसम्म रु २५ हजार रकम जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *