आजबाट ग्याँस ११२० र चिनी ६३ रुपैयाँमा, यसरी किन्नुहोस्

समाचार

काठमाडाैं । सरकारले छुट गरेको २० प्रतिशत मूल्यमा आजदेखि ग्याँससहितका खाद्य सामान पाइने भएको छ ।

नेपाल साल्ट ट्रेडिङ कर्पाेरेसनले आजदेखि २० प्रतिशत छुट मूल्यमा ग्याँस, चिनी, पिठो, तेल, नुनसहितका खाद्य सामग्री सर्वसाधारणलाई बिक्री वितरण गर्न लागेको हो ।

तर, सामानमा छुट पाउन नागरिकता बोकेर जानुपर्नेछ । प्रतिलिपीमा घरमा सदस्यको नाम र संख्या उल्लेख गरेर बुझाउनुपर्नेछ ।

छुट पश्चात ग्यास प्रतिसिलिण्डर ११२०, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ प्रतिकेजी, नुन १६ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँमा पाइने छ ।

चिनी, पिठो र नुन प्रति परिवारले २ केजीमात्र पाउनेछन् । अहिले बजार भाउको यो २० प्रतिशत छुट रकम हो ।

निषेधाज्ञा अवविभर काठमाडौं उपत्यकामा दिइने यस्तो छुट ग्यासमा एसटिसी सिलिण्डरमा मात्र पाइने छ ।

कर्पोरेसनका बिक्री कक्षबाट छुटमा यसरी सामान किन्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *