अष्ट्रेलियामा पूर्व प्रेमिकाका पतिलाई नां*गा तस्वीर पठाउने एक नेपाली पक्राउ

समाचार

अष्ट्रेलियाको एडिलेडमा बस्दै आएका एकजना २५ वर्षीय नेपाली युवालाई पूर्व प्रेमिकासँगका नांगा तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती युवालाई बुधबार अष्ट्रेलियन फेडलर पुलिस एएफपीले घरमै रहेको अवस्थामा पक्राउ गरेको हो ।

ती युवाका साथमा रहेका मोबाइल फोन लगायतका सबै विद्युतीय उपकरणहरु प्रहरीले नियन्त्रणमा लिएको छ । यौन सम्पर्क राखेका भिडियोहरु र नांगा तस्वीरमार्फत सेक्सटोर्सनको गर्न खोजेको अभियोगमा घटनाको अनुसन्धान भइरहेको छ ।

ती युवालाई एडिलेडको बिहिबार मजिस्ट्रेट अदालतमा उत्पीडन र नीजि यौन सामाग्रीको वितरणको मुद्दा चलाइएको छ । ती युवा र पीडित युवती बेलायतमा रहँदा अन्तरंग सम्बन्धमा रहेको र पछि उनीहरुबीच ब्रेक अप भएको अभियोजनकर्ताहरुले बताएका छन् । ती नेपाली युवा गत जुनमा २ बर्षे विद्यार्थी भिसामा बेलायतबाट अष्ट्रेलिया आएका थिए ।

त्यसपछि पीडित युवतीले अर्कैसँग विवाह गरेकी थिइन् । त्यसपछि गत अगस्तमा ती युवाले युवतीका पतिलाई फोन गरेर इन्टरनेटको प्रयोगमार्फत युवती आफूसँग अन्तरंग सम्बन्धमा रहेको बेलामा यौनजन्य तस्वीरहरु देखाएका थिए । त्यसको तीनमहिना पछि पुन युवतीलाई नै फोन गरेर सबै तस्वीर र भिडियोहरु अपलोड गरिदिने धम्की दिएका थिए ।

ती सबै भिडियो र तस्वीरहरु नीजि यौन मामलाका रहेको अभियोजनकर्ताहरुले बताएका छन् । तीमध्ये केही फोटोहरु बेलायतका अधिकारीहरुले पनि प्राप्त गरेका थिए । त्यसपछि बेलायतका अधिकारीले अष्ट्रेलियाको संघीय प्रहरीलाई सुचित गरेका थिए । लगत्तै ती युवालाई पक्राउ गरिएको हो ।

ती युवालाई तत्काल जमानतमा रिहा गर्नका लागि अस्वीकार गरिएको छ । रिहा भएपछि क्लाउडमा पहुच हुनसक्ने र ती युवाले त्यस्ता तस्वीरहरु सार्वजनिक गर्नसक्ने खतरा भएका कारण जमानतमा रिहा गर्न अस्वीकार गरिएको हो ।

अदालतले ती युवाका तर्फबाट वकिलले दायर गरेको जमानत आवेदन अर्को महिनासम्मका लागि स्थगित गरिदिएका छन् । नेपाली भाषामा रहेका कतिपय मेसेजहरु अनुवाद गर्नका लागि सघींय प्रहरीलाई समय दिदै जमानतको आवेदनको फैसला रोकिएको हो । त्योबाहेक ती नेपाली युवाको समुदायसँग बलियो सम्बन्ध नभएका कारण अष्ट्रेलिया छाडेर भाग्नसक्ने जोखिम भएको भन्दै तत्काल जमानतमा रिहा गरिएको छैन । ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

Leave a Reply

Your email address will not be published. Required fields are marked *