लडाकू विमान उडाउन ठिक्क परेका दुईजना पाइलटहरूको नि’धन

समाचार

एजेन्सी : इरानमा ल’डाकू विमान उडाउन ठिक्क परेका दुईजना पाइलटहरूको इजेक्टर सीट विमान उड्नु अघि नै याक्टिभेट भएपछि ह्यांगरमा टाउको बजा’रिएर मृ,त्यु भएको छ । मंगलवार भएको दुर्घ’टनामा कियानोश बासाती र होसेन नामीको मृ,त्यु भएको खबर सरकारी टीभी आईआरआईबीले दिएको छ । देजफुल वाहदाती एयर फोर्स बेसमा घ’टना भएको हो ।

त्यो इराक सीमा नजिक छ। अगाडि र पछाडि बस्ने ककपिट पाइलटहरूका लागि इजेक्टर सीटहरू गलत तरिकाले याक्टिभेट गरिएको बीबीसीले खबर दियो । सीट उछि’ट्टिएपछि छतमा टाउको ठो’किएर दुवैको मृ,त्यु भएको थियो। अधिकारीहरूले घटनास्थललाई घेराब’न्दी गरेर अनुसन्धान थालेका छन् । कसरी एफ–५ ल’डाकू विमानमा दुर्घ’टना हुन पुग्यो भनी अनुसन्धान जारी छ ।

यो पनि, सेयर बजारमा फर्कियो उत्साह : सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ । बुधबार नेप्से परि सूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेििटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ । यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो । कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ ।

मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ । बुधबार समूह गत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सव इन्डेक्सहरु बढेका छन् । दुई दिन लगातार जसो हाइड्रो पावर कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो । बुधबार भने सुधार देखिएको छ । कारोबार रकमका आधारमा पुनर्बिमा कम्पनी आज पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको आज १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *