को’रोना जि’तेर घर फर्कदा एम्बुलेन्स दु’र्घटनामा मृ’त्यु

प्रमुख समाचार


हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहिवार(आज) विहान ४ बजेर ५५ मिनेटमा दु’र्घटना हुँदा एकको मृ’त्यु भएको छ भने ३ ग’म्भिर घा’इते भएका छन् ।

चितवनबाट हेटौंडा आउदै गरेको प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्स सोहि दिशातर्फ आइरहेको ना ६ ख ४३८० नम्बरको ट्रकको पछाडि ठ’क्कर खाँदा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए ।

दु’र्घटनामा सर्लाहिको वागमति ४ का वर्ष ६६ को जित वहादुर थिङको मृ’त्यु भएको हो । थिङको को’रोना संक्रमण भएसंगै चितवनमा १६ दिन अगि उपचारको लागि लगिएको र को’रोना जितसंगै घर फर्कदा एम्बुलेन्स दु’र्घटनामा उनको मृ’त्यु भएको रिमालले बताए ।

दु’र्घटनामा एम्बुलेन्स चालक चितवन जिल्ला भरतपुर महानगरपालिका २८ का वर्ष २७ को मनोज कुमार घा’इते भएका छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । दु’र्घटना हुनुमा चालक नि’दाएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *