अब उपत्यकामा जेठ ३१ सम्म थपियाे निषेधाज्ञा , के–के गर्न पाइन्छ, के पाइँदैन ?

समाचार

उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । तीनै जिल्लाका प्रशासन कार्यालयले थप सेवा खुलाएर निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । एक साताअघि खाद्यान्न पसलसमेत बन्द गर्न निर्णय भएको थियो । बिहीबारदेखि बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी–मासु पसल खोल्न दिने निर्णय भएको छ। बिहान नौ बजेसम्म खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर खुल्नेछन् । सवारीसाधन मर्मत गर्ने वर्कसपसमेत खोल्न दिने निर्णय भएको छ ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । तर पछिल्लो पटक थपिएको निषेधाज्ञामा भने केही परिवर्तन गरिएको छ । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म संचालन गर्न पाइन् छन् । तर त्यसका लागि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *