चौधरी ग्रुपमा भिषण आगलागी, क्षतिको विवरण आउँदै

समाचार

चर्चित औद्योगिक घराना चौधरी गु्रपको स्वामित्वमा रहेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौली स्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार बिहान अचानक आगलागी भएको हो ।

बिहान साढे ८ बजेतिर आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन सकेको छैन । नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, ३ वटा दमकल र कर्मचारीले अहिले पनि आगो नि य न्त्र णमा लिने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार आगलागीबाट कुनै मानविय क्षती नभएको प्रहरीले जानकारी दिएको छ । चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको जानकारी दिए ।

उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । तस्वीर विजय एफएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *