‘कुटुमा कुटु’को १५ करोड भ्युज रेकर्ड : यी हुन् १० करोड भ्युज पाउने नेपाली गीत

समाचार

युट्युबमा रेकर्ड राख्ने तौर तरिका विविध छन । छोटो समयमा बढी भ्युज, लाईक, यति घन्टामा बढी भ्युज लगायत रेकर्डका घम्साघम्सि हुने गर्छ । तर पछिल्लो केही वर्ष यता सर्वाधिक भ्युज पाउने रेकर्डमा एउटा गीतलाई भने कसैले जित्न सकेको छैन । जुन गीत हो ‘कुटुमा कुटु’ । यो गीतको भिडियोले अहिले युट्युबमा १५ करोडको भ्युज रेकर्ड कायम गरेको छ ।

मंगलबारबाट युट्युबमा यो गीतको भिडियोले १५ करोडको भ्युज रेकर्ड कायम गरेको हो । तर, भिडियोलाई ४ लाख ९६ हजारमात्र लाईक आएको छ । यसअर्थमा आएको यति धेरै भ्युज ‘रिपिटेड’ हुन भन्न सकिँदैन र ? चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश यो गीत ‘कुटुमा कुटु’लाई युट्युबमा हेरिएको नेपालको जनसंख्या भन्दा कयौ गुणा बढी हो । यो गीतको भिडियोको सम्पुर्ण छायांकन प्रदेश १ को मोरङमा अवस्थित गोकुलम रिसोर्टमा गरिएको थियो । ४ बर्षे युट्युब यात्रा गरिसकेको गीत राजनराज सिवाकोटीले तयार पारेका हुन् । आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको रेकर्ड छैन ।

‘कुटुमा कुटु’ ले एतिहासिक रेकर्ड बनाएको छ । गीतले झैँ चलचित्र ‘दुई रुपैयाँ’ ले बक्सअफिसमा रेकर्ड नबनाए पनि पैसा भने राम्रै छापेको थियो । यो गीतका कारण पनि चलचित्रको इनिसियल बक्सअफिस बलियो देखिएको थियो ।

‘कुटुमा कुटु’ गीतमा राजनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । प्रायः राजनराजले तयार गरेका फिल्मका गीतले युट्युबमा करोड भ्यूज बटुलेका छन् । १५ करोड भ्यूज बटुलेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै अभिनेता द्वय निश्चिल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले ठुम्का लगाएका छन् । यहि गीतले धरमराएको स्वस्तिमाको फिल्मी करियर उकासेको थियो । अहिले स्वस्तिमा नेपाली फिल्मकी डिमाण्डेड अभिनेत्रीमा पर्छिन् । यस गीतका गीतकार राजनराज स्वयं हुन् ।

कुटुमा कुटुको यो रेकर्ड तोड्न अन्य नेपाली गीतलाई निकै समय लाग्ने देखिन्छ । तथापी केही गीतले भने पछ्याई रहेको छ । पछ्याउने पहिलो नम्बरमा पर्ने गीत हो ‘माया लुकि लुकि’ । यो गीतको भिडियोलाई पनि युट्युबमा १० करोड बढी पटक हेरिसकिएको छ । सार्बजनिकको ३ बर्ष पूरा गर्नै लाग्दा यो गीतको भिडियोले यति धेरै भ्युज बटुलेको हो । यो भिडियोलाई पनि ४ लाख ५१ हजारले मात्र लाईक गरेका छन् । यसको भ्युज पनि रिपिटेड नै हो भन्न सक्ने अवस्था छ ।

गीतमा गायिका टीका प्रसाईको स्वर रहेको छ । यहि गीतको कारण टीका नेपाली संगीत आकाशमा चिनिएकी हुन भन्दा फरक नपर्ला । यो गीत सार्बजनिक भएपछि देशबिदेशका विभिन्न कार्यक्रमहरूमा उनको माग निकै बढेको थियो । गीतलाई आनन्द अधिकारीले लेखेका हुन् भने आशिष अभिरलले एरेन्ज गरेका हुन् ।

भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा र उनिहरुको कार्टुन्ज क्रु टिम फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको भिडियोलाई सरोज ओलिले निर्देशन गरेका थिए । यो बाहेक ‘पिरिम नलाउने’, ‘साली मन पर्यो’ ले ७ करोड बढी, ‘सालको पात टपरी’, ‘गोजिमा दाम छैन’, ‘नाच फिरिरी’, ‘माया बिरानी’, ‘कसरी कसरी-२’ले ६ करोड बढी भ्युज बटुलेको छ भने छोटो समयमै फुलबुट्टे सारिले ५ करोड बढी भ्युज पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *