चीनबाट निस्कियो एक अर्को खतरा : मानिसमा फैलियो बर्ड फ्लू संक्रमण, यो पुरा विश्वमा पहिलो घटना

समाचार

राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार रिपोर्ट गर्यो कि एच१०एन३ बर्ड फ्लूको पहिलो मानव संक्रमणको घटना देखा परेको हो ।

चीनको ज्याङ्सु प्रान्तमा देखा परेको हो । यसको मतलब एच१०एन३ बर्ड फ्लू संक्रमण मानवमा पहिलो पटक पत्ता लागेको हो । यो संक्रमण एक पुरुषमा फेला परेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो शब्द फ्लू संक्रमण ज्याङ्सु प्रान्तको शिनजियाङ्ग शहरमा ४१ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । यो विश्वास छ कि कुखुरा पालनले बर्ड फ्लू फैलाएको छ र ठूलो मात्रामा यसको प्रसारको जोखिम एकदम कम छ ।

आयोगको आधिकारिक वेबसाइटमा लेखिएको बयानका आधारमा यो जानकारी उजागर भएको हो । राष्ट्रिय स्वास्थ्य आयोगले अहिलेसम्म विश्वमा एच१०एन३ बर्ड फ्लूको मानव संक्रमणको कुनै पनि घटना रिपोर्ट गरिएको छैन ।

ति चिनियाँलाई २८ अप्रिलमा अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य लक्षणहरू देखा परेको बताइएको छ ।

एक महिना पछि अर्थात् २८ मेमा एच१०एन३ बर्ड फ्लू भाइरस त्यो व्यक्तिमा पुष्टि भयो । यद्यपि आयोगले भाइरसको जोखिम अहिलेसम्म नदेखिएको भनेको छ ।

साथै, पीडितको अवस्था अझै सामान्य छ र चाँडै उसलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ । उनको सम्पर्कमा आएका कसैमा पनि यो भाइरसको संक्रमण देखिएको छैन ।

चीनमा एभिएन इन्फ्लूएन्जाका धेरै किसिमहरु छन् । यीमध्ये केहीले मानिसहरूलाई पनि संक्रमित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *