उज्वल थापाकाे निधन : पहिलाे पटक यति धेरै श्रदान्जलीले सामाजिक सञ्जाल छपक्कै : प्रचण्ड देखि रबि लगायत चर्चित व्यक्ति लेख्छन

समाचार

उज्वल थापाकाे निधन : पहिलाे पटक यति धेरै श्रदान्जलीले सामाजिक सञ्जाल छपक्कै : प्रचण्ड देखि रबि लगायत चर्चित व्यक्ति लेख्छन
उज्वल थापाकाे निधन : पहिलाे पटक यति धेरै श्रदान्जलीले सामाजिक सञ्जाल छपक्कै : प्रचण्ड देखि रबि लगायत चर्चित व्यक्ति लेख्छन
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन, श्रदान्जलीले सामाजिक सञ्जाल भरियाे, प्रचण्ड देखि रबि, जनता देखि नेताकाे श्रदान्जली तथा समबेदनाले सामाजिक संजाल छपप्पै, काे काे ले कसरी दिए श्रदान्जली पुरा पढ्नुहाेस।

काठमाडौँ — विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए । केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए । प्रकाशित : जेष्ठ १८, २०७८

रबि लामिछाने फेसबुकमा फाेटाे पाेष्ट गर्दै श्रदान्जली श्रदान्जली वक्तव्य यस्ताे लेख्छन

असाध्यै अर्थपुर्ण जीवन बाचेर बिदा हुनु भएको छ, स्वर्गमा वास होस्,हार्दिक श्रद्धाञ्जली उज्वल जी। अन्ततः यो पुस्ताले एउटा होनहार नेता गुमायो।संस्कार सहितको राजनीतिको बीउ रोपेर जानू भएको छ, एक दिन यो अवश्य झांगिने छ। परिवारजनमा यो पिडा सहन सक्ने शक्ति देउ भगवान 🙏🙏

रबिन्द्र मिश्र फेशबुकमा फाेटाे पाेष्ट गर्दै बिबेकशिल साझा पाटीकाे तर्फ बाट श्रदान्जली वक्तव्य यस्ताे लेख्छन

शोक वक्तव्य (प्रकाशन तथा प्रसारणका लागि आग्रह सहित)

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ। दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ। थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।

रवीन्द्र मिश्र, अध्यक्ष, मिलन पाण्डे, संयोजक, विवेकशील साझा पार्टी, मिति: १८ जेठ २०७८

त्यसैगरि चर्चत पुर्व कर्मचारि भिम उपाध्याय श्रदान्जली यसरि दिन्छन

एउटा होनहार, युवाका प्रिय राजनीतिमा स्वच्छता र आदर्श बोकेर सिम्पल स्वभावका, युवा जगतमा ठूलो विश्वास जगाउदै आएका, उज्ज्वल भविष्यप्रति आशा जगाउदै आएका ४४ वर्षीय युवा नेता उज्ज्वल थापा जीवनसंग लड्दालड्दै निधन भएको छ। भावपूर्ण श्रद्धान्जली। स्व थापाको बैकुण्ठबास होस्। परिवारजनमा समवेदना।

उनको अभावमा पनि युवावर्गमा उनको आदर्श पछ्याएर एउटा सभ्य राजनीतिक कल्चर स्थापित गर्ने अभियानमा कहिल्यै कुनै कमी नआओस्। उनको लोकप्रियता विश्वभरिका नेपालबीच ब्यापक थियो। उनको स्वास्थ्यप्रतिको हजारौँ लाखौँको ब्यापक चॉसोले पनि उनीप्रतिको विश्वास दर्साईरहेको थियो । आज दिउँसो १ बजेदेखि यसको चर्चा चलिसकेको थियो। जनताले नचाहेको अप्रिय घटना सुन्नुपर्दा कतिपयहरू आक्रोशित भएका थिए। हुनेहुनामीलाई टार्न सकिदो रहेनछ।

मलाई त विश्वस्त श्रोतबाट थाहा लागिसकेको थियो। यस्तो अप्रिय कुरा किन लेख्नु भन्दै थिएँ, जापानबाट त्यही बेला फोन आयो र चेक गर्दा हो भनियो। मैले पोष्ट गरिहालेँ। तर केहीलाई मेरो त्यो अप्रिय पोष्ट मन परेन । म प्रति गालीगलौच र अपमानजन्य शब्दहरूको बाढी पनि आउन थाल्यो। ती मध्ये ७ दर्जनलाई सोत्तर बनाउन बाध्य भएँ। अझै धेरै सोत्तर पर्ने निश्चित छ। किनभने त्यस्ताहरू घॉस खान लायक पनि हुन सक्दैनन् भन्नेमा म विश्वस्त छु तिनलाई मेरो वालमा ईन्ट्री दिन संभव नै छैन, थिएन।

उज्जवल जीको निधनबाट देशको राजनीति ठूलो क्षति भएको छ । विवेकशील साझाप्रति आवद्ध सबै कार्यकर्ताहरू प्रति विशेष समवेदना ब्यक्त गर्न चाहन्छु।

चर्चित अभियन्ता इशा गुरुङ लेख्नुहुन्छ

उज्जल थापा सर आज नेपाली जनता लाइ अँध्यारो बनाइदिनु भो , हुन त जिउदो हुदा कदर गरिदैन धर्ती छाडे पछि बल्ल कदर र महत्व दिने चलन छ , स्वर्गमा राज होस हजुर 🙏🇳🇵😢 गहिरो श्रद्धांजलि

ज्ञाणेन्दे शाही यसरि उज्वल थापालाइ श्रदान्जली दिनुहुन्छ

नयाँ विकल्प सहित तपाईंको र मेरो भेट “६०१ सांसद काम छैन भता फिर्ता गर ” आन्दोलन ,महामारी भुईचालो को सहयोग कार्यक्रम देखी डा.गोबिन्द केसि ज्यु आन्दोलनमा साथ हिडेका पलहरु आज पनि ताजै छन तर आज बाट साथ हिडन नपाईने भो तर पनि याद बाँचुन्जेल रहिरहने छ । हार्दिक श्रद्धाञ्जली उज्वल थापा एबंम देश भरी मृत्यु बरण गर्नु भएका सम्पुर्ण ज्ञात अज्ञात नेपालीहरुमा ।

ए. माववादिका अध्यक्ष क. प्रचण्ड लेख्नुहुन्छ

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको काेराेना भाइरस संक्रमणबाट निधन भएकाे खबरले दुःख लागेकाे छ । मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।

दिपा श्री निराेउला लेख्नुहुन्छ

दु:खद खबर, उज्ज्वल देश को परिकल्पना गर्नै उज्ज्वल हामी माझ रहनु भएन भावपूर्ण श्रद्धांजली 💐

शेर वहादुर देउवा लेख्नुहुन्छ

विवेकशील नेपाली दलका संस्थापक एवं अभियान्ता उज्ज्वल थापाको निधनको खवरले निकै दुखि भएको छु। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।

गगन थापा लेख्नुहुन्छ

उज्वल थापा हामी बिच रहनुभएन।एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना!
परिवारजनमा हार्दिक समवेदना!

प्रेन्सा रेग्मी नानी लेख्नुहुन्छ, उज्वल अन्कल लाई केहि नहोस भनेर जिबन तामङ दादा ले कती राम्रो तस्बिर बनाउनु भयको रहेछ

जनार्दन शर्मा श्रदान्जली तथा समवेदना यसरी दिनुहुन्छ

विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको निधन भएको खबरले स्तब्ध भएका छौं ! उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ! सम्पुर्ण परिवारजनमा गहिरो समवेदना !!

कमल थापा लेख्नुहुन्छ,

नेपाली राजनीतिको एक उज्वल नक्षत्र तथा आशाको धरोहर उज्वल थापा महायात्रामा प्रस्थान गर्नु भयो। वैकुण्ठ वास होस्। हार्दिक श्रद्धाञ्जली, शान्ता दिज्यू र उदयबहादुर थापामा हार्दिक समवेदना।

रञ्जु दर्शणा लेख्नुहुन्छ, उज्वल थापा हामीबिच रहनुभएन !

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।
उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट, २०७८ जेठ १८ गते

सबिना कार्की लेख्नुहुन्छ,

अलविदा उज्वल थापा .. 💔 कति सपना आधा अधूरा .. सार्है चित्त दुखेको छ! नत कहिल्यै पदको लोभ, न सत्ताको! बस् देश र जनताका लागि निस्वार्थ लागि परिरहेका एक युवा जो भीडमा अलग थिए… देशलाई जसको खाँचो थियो तर दूर्भाग्य हाम्रो उनी अल्पायुमै परलोक गए। साँच्चै राम्रो मान्छे नै भगवानले पहिले लिएर जाने रहेछन्..!! उज्वल थापा : स्‍मृतिको पन्नामा सधैं मीठो सम्झना..अलविदा 🌷

याेगेश भट्टराइ लेख्नुहुन्छ, विवेकशील साझा पार्टीका संस्थापक उज्ज्वल थापाज्युप्रति भावपूर्ण श्रद्धाञ्जलि !

नयाँ पत्रिकाले लेखछ, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत थापाको निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।

मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थापाको मंगलबार अपराह्न ४ बजे २५ मिनेटमा निधन भएको पाण्डेले बताए । अन्तिमपटक गरिएको पिसिआर परीक्षणमा थापामा कोरोना नेगेटिभ आएको थियो । थापाले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन दृढसंकल्पित रहेको पाण्डेले बताए ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ । साथै, यहीबीचमा पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय पनि भएको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले शोक वक्तव्य जारी गरी जनाएका छन् ।

‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहं भूमिका छ,’ मिश्र र पाण्डेले भनेका छन्, ‘थापाले अंगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्नेछ । यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्यलाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ ।’

आधुनिक प्रविधियुक्त अर्थोनेथिक शल्यक्रिया नेपालमै

काठमाडौँ — डल्लु काठमाडौंका १९ वर्षीय यमन महर्जनको अनुहारको चिउँडो ठूलो थियो । चिउँडोभित्र पसेको हुनाले खाना राम्ररी चपाउन सक्दैनथे । बोली पनि अस्पष्ट सुनिन्थ्यो । खुलेर हाँस्न पनि गाह्रो हुन्थ्यो । युनाइटेड एकाडेमी कक्षा १२ मा अध्ययनरत यमन अहिले भने निर्धक्क मुस्कुराउँछन् ।

वीर अस्पतालमा अर्थोनेथिक सर्जरीबाट उनको चिउँडोको हड्डि मिलाइएपछि उनको रुप नै फेरिएको छ । ‘बुवा मम्मीले विश्वास नै गर्नु भएको थिएन । आफ्नो फेरिएको अनुहार हेरेर खुसी लागेको छ । नयाँ प्रोफाइल पाएको जस्तो भयो,’ उनले हासिलो अनुहारमा भने । उनले यही उपचारका लागि धेरै ठाउँ धाए तर उपचारको साटो पैसा मात्र खर्च भयो ।

वीर अस्पतालमा पुस १० गते सर्जरी गराएका उनी सर्जरीपछि प्रष्ट बोल्न सक्ने भएका छन् । सर्जरी गरेको कारण सबै कुरा खान नमिल्ने भएतापनि विस्तारै झोलसहित ठोस पदार्थहरु खान थालेका छन् । ‘नेपालमै पनि यस्तो सुविधा रहेछ । कम खर्च तथा समयमा राम्रो उपचार पाएँ । खुलेर हाँस्न थालेको छु,’ उनले भने ।

अर्थोनेथिक शल्यक्रिया कस्तो हो ?

डेन्टो फेसियल डिर्फमिटिज अर्थात् दाँत तथा अनुहारको हड्डीको समस्याले अनुहार बिग्रिएको खण्डमा अनुहार सुन्दर देखाउन अर्थोनेथिक शल्यक्रिया गरिन्छ । वीर अस्पतालमा यो सेवा सन् २००८/९ मै सुरु भएतापनि दक्ष जनशक्तिको अभावले रोकिएको थियो । सर्जरीका लागि भारतबाट डाक्टर बोलाउनुपर्थ्यो भने सो समय सर्जरीमा धेरै प्रविधि प्रयोग गरिँदैन थियो । हातैले गरिन्थ्यो । ‘अहिले भने हामीले नेपालमै फेरि ५ वर्षदेखि यो सेवा दिइरहेका छौं र थप प्रविधिमैत्री पनि,’ क्रेनोफेसियल अर्थोडन्टिक्समा स्पेसलाइजेसन गरेका अर्थोडन्टिस्ट डा. मनिष बज्राचार्य भन्छन् ।

हातले गर्ने शल्यक्रिया वीर अस्पतालसहित धुलिखेल अस्पतालमा पनि हुन्छ तर सफ्टवेयर प्रयोग गरेर हुने शल्यक्रिया वीरमा मात्र छ । करिब दुई वर्षअघि यो शल्यक्रिया कम्प्युटर एसिस्टेड सर्जरी सिमुलेसन प्रविधिबाट गरिन्थ्यो । अनुहारको नमिलेको संरचना मिलाउने यो शल्यक्रिया बिरामीको दाँतलाई डेढ वर्षसम्म तारले बाँधेर राखिन्थ्यो र त्यसपछि सर्जरी गरिन्थ्यो र फेरि ब्रेसेस बाँधेर प्लास्टर गरेर फिनिसिङ गरिन्थ्यो जसको उपचार साढे २ देखि ३ वर्षसम्म लाग्थ्यो ।

अब भने ‘सर्जरी फस्ट’ अप्रोच डा. मनिष र डा. किशोर भण्डारीको टिमले वीर अस्पतालमा यो वर्षदेखि सुरु गरेको छ । यसमा बिरामीको अनुहार थ्रिडि प्रिन्टिङ गरिन्छ र आकृति कसरी मिलाउने प्लान बनाएपछि सर्जरी गरे पश्चात दाँत मिलाइन्छ । यो उपचार पहिलाका भन्दा थप राम्रो र छिटो हुने डा. मनिषको भनाइ छ । उनी भन्छन्, ‘यो टेक्निक भनेको आज बिरामी आयो भने जाँचपड्ताल गरी सर्जरी गर्छौं जसले ३ हप्तामा नै अनुहारमा परिवर्तन देखिन्छ अनि मात्र ब्रेसेस बाँधेर बिग्रेको दाँत मिलाउँछौं । यसको उपचार साढे १ वर्षभित्रमा सकिन्छ ।’

क्रेनीफेसियल सर्जन डा. किशोर भन्छन्, ‘अहिले आएको थ्रिडी टेक्नोलोजीले बिरामीको सबै अनुहार छर्लंग्गै बनाइदिन्छ । हड्डी चलाउँदा अनुहारमा परिवर्तन कसरी आउँछ भनेर डिजिटल प्रविधिमा हेर्न मिल्छ । यसले हामीलाई थप सजिलो बनाएको छ ।’ थ्रिडी प्रिन्टिङको लागि सफ्टवेयर भने वीर अस्पतालमा छैन । ‘आइ अलाइन’ भन्ने कम्पनीले दाँतमा अलाइन मात्र होइन हड्डीको दाँत पनि बनाइदिन्छ जसले उपचार झनै विश्वसनीय र सजिलो बनाएको छ ।

‘सर्जरी फस्ट’ अप्रोच कस्तो हो ?

यो शल्यक्रिया १८ वर्ष पूरा भएपछि मात्र गर्न मिल्छ । शरीरका हड्डीको वृद्धि भइसकेको अवस्थामा मात्र शल्यक्रिया गर्नुपर्ने डा. मनिष बताउँछन् । सर्जरी फस्ट अप्रोचमा बिरामीको जाँचपड्ताल पश्चात थ्रिडी प्रिन्टिङ गरिन्छ । २ दिन अघि भर्ना गरी सर्जरीद्वारा अनुहारको माथिको हड्डी र तलको हड्डीलाई नयाँ स्थानमा सारेर टाइट्यानियम प्लेट्सको साहरामा फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रैबाट गरिन्छ जसका कारण अनुहारमा कुनै किसिमको दाग देखिँदैन ।

यमनको शल्यक्रियाको उदाहरण दिँदै डा. किशोर भन्छन्, ‘यो शल्यक्रियाको अवधि ४ देखि ६ घण्टासम्मको हुन्छ र शल्यक्रिया पश्चात १–३ दिन मात्र अस्पतालमा बस्नुपर्ने हुन्छ ।’ उनका अनुसार बिरामीले शल्यक्रियापश्चात १–२ हप्ताको आराम लिनुपर्ने हुन्छ र ६ हप्तासम्म झोलिलो खानेकुरा सेवन गर्नुपर्ने हुन्छ । शल्यक्रियाको २–३ हप्ता पश्चात ब्रेसेस बाँध्ने काम शुरु हुन्छ जुन ६ महिनादेखि १.५ वर्षसम्म जारी रहन्छ ।

डा. मनिषका अनुसार यस किसिमका शल्यक्रियामा संसारभरी नै उत्कृष्ट मानिने ‘भर्चुअल सर्जिकल प्लानिङ’ अर्थात कम्प्युटरको सहायताले अनुहारको बनोट निर्क्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधिको प्रयोग गरिने हुँदा पछिल्ला शल्यक्रियाको प्रतिफल अत्यन्तै सन्तोषजनक र आशाजनक छ ।

यमन महर्जन पहिलो व्यक्ति हुन् जसले ‘सर्जरी फस्ट अप्रोच’बाट उपचार सेवा पाएका छन् । हाल सर्जरी फस्टबाट उपचार गराउनका लागि ४–५ जना पर्खाइमा छन् ।

कस्तो समस्यामा भएकाले यो सर्जरी गर्न सक्छन् ?

शरीरको हड्डी वृद्धि विकास नहुँदा तथा विभिन्न दुर्घटना, संक्रमण तथा वंशाणुगत कारणले अनुहारको आकृतिमा समस्या देखिएका व्यक्तिहरुले यो शल्यक्रिया गराउन सक्छन् ।

डा. मनिषका अनुसार चिउँडोभित्र गएको, दाँत बाहिर आएको, मुख बांगिएको, मुख खोल्न गाह्रो हुने, मुख बन्द नै नहुने, हाँस्दा गिजा एकदमै धेरै देखिने, अगाडिको दाँतबाट खाना खानै नसक्ने, दाँतले जति कोसिस गरे पनि टोक्नै नसक्ने लगायतका समस्या यदि कसैमा छ भने यो सर्जरीले ती समस्या हटाइदिन्छन् ।

‘अब यो सेवाका लागि विदेश जानुपर्दैन’

विदेशमा यो सेवा एकदमै महंगो भएको बताउादै डा. किशोर भन्छन्, ‘शल्यक्रिया खर्च वीरमा महँगो छैन । बिरामीले दाँतका लागि चाहिने सामानहरु मात्र किन्नुपर्ने हुन्छ । थ्रिडी प्रिन्टिङका लागि पहिले भारतको भर पर्नुपर्थ्यो । तर अहिले भने यो सेवा नेपालमा पनि उपलब्ध छ । सरकारी अस्पतालमा यो सस्तो सेवा दिएका छौँ ।अब विदेश जानुपर्दैन ।’

धेरैले यस्तो उपचार नेपालमा छ भनेर जानकारी नहुँदा ढिलो अस्पताल आइपुग्ने गरेका छन् । डा. मनिष भन्छन्, ‘अनुहारको विकृतिले कतिपय मान्छेलाई आत्मविश्वास नहुनु, मानसिक तथा समाजिक तनाव हुने गर्थ्यो यो शल्यक्रिया मार्फत बिरामीको हाँसो फर्केको देख्दा खुसी लाग्छ ।’ प्रकाशित : चैत्र १०, २०७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *