खाने तेलकाे मूल्य बढ्नुकाे भित्रि कारण यस्ताे रहेछ !

समाचार

खाने तेलकाे मूल्य बढ्नुकाे भित्रि कारण यस्ताे रहेछ ! अहिलेकाे दिनहरुमा खाने तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघ आज एक विज्ञप्ती जारी गर्दैै आफ्नो धारणा सार्वजनिक गरेको हो । संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि को- रोना भाइरसको महामारीका कारण र विश्व राजनीतिमा आएका उतार-चढावका कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय बजारवाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने संघको भनाई छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘विगत करीव १६ महिनादेखि नै विश्वमा फैलिएको को- रोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मूल्यवृद्धि नै रहेको छ ।’

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय बजारमा वितरण तथा निकासी समेत गर्दै आइरहेका छन । यी उद्योगहरूले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्दै आइरहेका छन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *