अक्षयकुमारले आयुर्वेद नै ठीक भन्दै बाबा रामदेवको पक्ष लिएपछि भारतभर तरङ्ग (भिडियो हेर्नुहोस्)

समाचार

पछिल्लो समय आधुनिक चिकित्सा विज्ञानका डाक्टर र आयुर्वेदका अध्येता बाबा रामदेवबिच भनाभन चलिरहेको छ । यसैबिच बलिउड अभिनेता अक्षयकुमार यतिबेला आयुर्वेदिक औषधिको पक्षमा उभिएका छन् । पछिल्लो समय भारतीय योगी रामदेवले आयुर्वेदिक औषधिको पक्षमा आवाज उठाउँदै उनले एलोपेथिक औषधिको विरोध गरेका थिए । यही विरोधका क्रममा एलोपेथिक औषधि निर्माता तथा विक्रेताले योगी रामदेवलाई कानुनी कारबाहीको माग गरिरहेको बेला अभिनेता अक्षयकुमार भने रामदेवको पक्षमा उभिएका छन् ।

यसअघि अभिनेता आमिर खानले पनि रामदेव भारतका लागि सही व्यक्ति भएको र रामदेवले आयुर्वेदिक औषधिसँगै योगमा क्रान्ति ल्याएको बताएका थिए । एकथरीका मानिसले रामदेवको विरोध गरिरहेको बेला आमिर खानको यस्तो भनाइ भिडियोमा आउँदा यी योगीले राहतको महसुस गरेका थिए ।

यस्तै, यतिबेला अभिनेता अक्षय कुमारले पनि रामदेवको भारतीयलाई आयुर्वेदिक उपचार गराउने अभियानमा साथ दिएका छन् । शरीरलाई अन्य असर नगर्ने र रोग निदान हुने आयुर्वेदिक उपचार प्रणाली भारतीयका लागि निकै राम्रो भएको यी अभिनेताको भनाइ छ । भारत मात्र होइन, विश्व आयुर्वेदतर्फ फर्किएको बेला रामदेवको अभियान सकारात्मक भएको पनि अक्षय कुमारको कथन छ ।

अभिनेता अक्षय कुमारको यो भनाइयुक्त भिडियोलाई योगी रामदेव र उनका अनुयायीहरूले यतिबेला सामाजिक सञ्जालमा निकै सेयर गरेका छन् । अक्षय कुमारको यो भनाइप्रति रामदेवले कृतज्ञता जाहेर गर्दै आफ्नो साथमा बलिउड समेत रहेकाले आफूलाई एलोपेथिकवालाले जति विरोध गरे पनि आयुर्वेदिकको अभियान नछाड्ने बताएको भारतीय मिडियामा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *