उज्जवल थापाको मृ’त्यु भएको छैन, भ्रमको पछि नलाग्न आग्रह

समाचार

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।

तर यता सामाजिक संजालमा भने उनको मृ’त्युको खबर व्यापक रुपमा फैलिएको छ । कसैको नि’धन नहुँदै सामाजिक संजालमा श्रद्धाञ्जली दिन हतार गरेको भन्दै उपचार गर्दैगरेका डाक्टरले दु’ख व्यक्त गरेका छन् ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टरले बताए। यस्तै उनले थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो। पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *