९ महिनाको अवधिमा भिम उपाध्यायको अपिल स्विकार्दै २ करोड ८७ लाख सहयोग रकम जम्मा

समाचार

काठमाडौं । लामो समय देखि सामाजिक सञ्जालमा सूचनामूलक समाचारहरू सार्वजनिक गर्दै आएका नेपाल सरकारका पूर्व सचिव ईन्जिनियर भीम उपाध्यायले दर्जनौ पी’डित र गरिब नेपालीहरुको घा’उमा मल्ह’मपट्टि लगाउने काम गर्दै आएका छन् । साथै महाविर पुन जस्ता मेगासासे पुरुस्कार बिजेताको आविस्कार केन्द्रमा पनि सहयोग जुटाइदिएका छन् ।

ईन्जिनियर उपाध्याय एक जना योग्य र इमान्दार ब्यूरोक्रेट्सका रुपमा नेपाल सरकारको सचिव पदबाट अवकाश प्राप्त गरेका हुन् । ईन्जिनियर उपाध्यायले खानेपानी मन्त्रालयमा सचिव र डोलिडारका महानिर्देशकसमेत भएर काम गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सामान्य मानिसहरुको पी’डा सुन्ने क’ष्ट नगरेपछि उपाध्याय जस्ता मनकारीहरुको खोजि पीडितहरुले गर्ने गर्दछन् । त्यसो त ‘सतिले सरापेको देश’ भनेर चिनिएको नेपालमा साईबर सम्बन्धि अपराध गरेको आरोपमा उपाध्यायलाई केपी ओलीको नेतृत्वको सरकारले २०७७ साल वैशाख १० गते बुधबार नियन्त्रणमा लिएर तीन दिन थुनामा समेत राखेको थियो ।

कोभिड–१९ नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामाग्री घोटाला भएको समाचार सार्वजनिक भएपछि तत्कालिन स्वास्थ्य सचिव यादव कोइरालासँग उपाध्यायको दोहोरो भनाभन परेको थियो ।

पी’डामा परेका नेपालीहरुलाई उपाध्यायले कारण खुलाएर सहयोग आब्हान गर्ने बित्तिकै स्वदेश र विदेशमा बस्ने केहि नेपालीहरुले दिल फुकाएर सहयोग पनि गरेका छन् । यसरी उपाध्यायको मिसनमा सहयोग जुटाउनेहरुमा बेलायतबाट इशा गुरुङ, इजरायलकी सुनिता गुरुङ र अन्य ठाउँबाट जानकी पन्त, जून कमुद पन्त, विध्यावती पन्त, रेबिका थापा, निराजन लामिछाने, भोजराज खड्का लगायत विश्वभरका नेपालीहरू छन् ।

यसरी मनकारी दाताहरुलाई उपाध्यायले आफ्ना पाँच हजार फेसबुकका साथी र एक लाख नब्बे हजार भन्दा बढि संख्यामा रहेका फ्लोअरहरूमार्फत सार्वजनिक गर्दै आएका छन् । उहाले अहिलेसम्म गरेको सहयोग सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिनुभएको छ, उहा फेसबुकमा लेख्नुहुन्छ :

विगत ९ महिना यता मैले गरेको यी अभियानको अपिलमा उ’दार मनले देश विदेशमा रहेका नेपाली दाताहरूबाट प्राप्ताकै बैंक खातामा सीधै सहयोग रकम जम्मा भएको छ। दु’खित, गरि’ब, पी’डितहरू तथा विपन्न समुदायका परिवारलाई सहयोग गर्न विगत ६ महिनामा मैले गरेको अपिललाई सहर्ष स्विकार गरेर सहकार्य गर्दै देश विदेशका नेपाली दिदीबहिनी दाजुभाईहरूले उदार मनले मानवताको भावनाले पुर्याउनु भएको सहयोगरूपी केही पुण्य कार्यहरू (कूल सहयोग रू २ करोड ८७ लाख)

१. क्या’न्सर पी’डित झापाकी ४५ वर्षीया शारदा भट्टराई रू ७ लाख सहयोग, (दे’हान्त)।

२. डडेलधुराकी गरिब ९ वर्षीया बालिका अनिता भण्डारीको पढाईका लागि रू १ लाख सहयोग ।

३. विदेशमा कामगर्ने पतिको नि’धनबाट पी’डित बाराकी विधवा रूक्साना खातुनका लागि राहत रू १ लाख २५ हजार सहयोग ।

४. जनयुद्धकी पूर्व लडाकू घरबिहिन हुम्लाकी उषा थापा मगरको बर्दियामा नयॉ घर निर्माण करिब रू ६ लाख सहयोग।

५. क्यामारूनबाट नेपालमा आएका विदेशी खेलाडी ड्याडी वाम्बालाई घरफिर्ता गर्न रू १ लाख २५ हजार सहयोग ।

६. रोल्पाका १६ वर्षिय किशोर ठेकेन्द्र बिकलाई पढाउन रू १ लाख २५ हजारको कोष सहयोग ।

७. दैलेखकी ६ वर्षीया छाला रो’ग पि डित बिपना कठा’यतलाई कान्तिबालमा सबै निशुल्क उपचारसहित रू ५० हजार अन्य खर्च सहयोग ।

८. प्युठानका गरिब १३ वर्षीय पहि’रो पी डित दुबै खुट्टा नराम्ररी घाईते भएका जीवन पुन मगरको दुबै खुट्टाको बी एण्ड बीअस्पतालमा शल्यक्रियाका लागि रू ६ लाख सहयोग ।

९. सर्लाहीका उखु किसान गगनदेव राय यादवको जग्गा लिलामीबाट जोगाउन रू ३ लाख सहयोग ।

१०. दलित परिवारका एमबीबीएस पाचौँ वर्षमा अध्ययनरत रामजी रामको खर्चका लागि रू २१ लाख सहयोग ।

११. क्या’न्सर पी डित दार्चुलाका युवा नरेन्द्र पालका लागि सहयोग रू. ३० हजार ( दे’हान्त ) ।

१२. क्या’न्सर पि डित बझाङका नविन खड्काका लागि सहयोग रू ३ लाख, (दे’हान्त) ।

१३. सुकेधारा काठमाण्डौँमा गरिव ठेलावाली मन्जु कुवँर क्षत्रीलाई रू ८ लाख सहयोग ।

१४. नेपाली रकेट गरूड बनाएर अमेरिकामा प्रतिष्पर्धा प्रदर्शनीमा लागिपरेका युवा टेलेन्ट प्राविधिक टोलीलाई रू ८ लाख सहयोग ।

१५.अछाम कमलबजारस्थित श्री कालिका विद्यालयका बालबालिकाका लागि डेस्क बेन्च खरिद गर्न र जिर्ण स्कूल भवन मर्मत गर्न रू १० लाखको सहयोग ।

१६. महाबीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई रू ४७ लाख ५० हजार दान ।

१७. दैलेखकी विपन्न किशोरी ईन्द्रा शर्मालाई वकालत पढ्न रू १ लाख २० हजार कोष सहयोग।

१८. बरिष्ठ ईन्जिनियर नियाज अहमदको उपचारका लागि रू २५ लाख सहयोग (दे’हान्त)

१९. कान्ति बाल अस्पतालमा उपचाररत ३ महिने बालिकाको उपचारका लागि रू १६ हजार सहयोग ( दे’हान्त)।

२०. मकवानपुर राक्सिराङको आधारभूत विद्यालयका गरिव चेपांङ, तामाङ ससाना बालबालिकाका लागि २५५ सेट न्यानो लुगा सिलाएर रू २ लाख सहयोग।

२१. बैतडी सिगासका ३ जना विपन्न टुहुरा दमाई जातिका बालिकाका लागि जीवनयापन र शिक्षा खर्च रू २ लाख ४० हजार सहयोग ।

२२. चिकित्सा शास्त्र अधययन स्स्थान महराजगंजमा MBBS तेश्रो वर्षमा पढ्दै गरेका आर्थिक अवस्था कमजोर मगर संगीत छन्त्याल भाइको कानको सर्जरी खर्चका लागि रू ६ लाख सहयोग।

२३.उपल्लो डोल्पाको विकट गाउँ लुरीको त्रिपिटक स्कूल निर्माण र संचालनका लागि रू १९ लाख ५० हजारफण्ड संकलन ।

२४. ईलामको माईजोगमाई निवासी विपन्न पूर्णे लिम्बू दम्पत्तिका लागि नयॉ घर निर्माणका लागि रू ३ लाख सहयोग।

२५. झापा विर्तामोडकी विपन्न विरामी कल्पना बास्तोलाको उपचार गरी रू ५० हजार सहयोग।

२६. अछामकी विपन्न किशोरी मन्सरा बुढाको हिप बोन फेर्न रू ५ लाख सहयोग।

२७.मकवानपुरको विकट राराङका गरिब चेपांग बस्तिमा लुगा र खाद्यान्न सहयोग गर्न ढुवानीका लागि रू १० हजार सहयोग।

२८. गुल्मीका मेखबहादुर पेमी मगरको बोनम्यारो उपचारका लागि रू २५ लाख सहयोग।

२९. मृ’गौ’ला पी डित संसद सचिवालयका कर्मचारी कृष्ण लामिछानेलाई रू २५ हजार सहयोग।

३०. दोलखाका डिल्लिबहादुर खड्कालाई उपचारका लागि रू ५० हजार सहयोग।

३१. जनमैत्री अस्पताल संचालनका लागि रबि लामिछानेको टिमलाई रू २ लाख २५ हजार सहयोग।

३२. हेमराज थापालाई कोभिडमा राहत पुर्याउन रू २५ हजार सहयोग।

३३. बब्लु यादव समूहले संचालन गरेको रत्न विद्यालय आईसोलेसन सेन्टरलाई रू २० हजार सहयोग।

३४. निशुल्क अक्सिजन वितरण अभियानका लागि Hamro Team Nepal लाई रू ६१ लाख सहयोग ।

कूल रू २ करोड ८७ लाख।

सबै दाता र सहकर्मीप्रति आभार र 🙏नमन! इशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *