सचेत रहनुहोस् मधेस डु’ब्ने ख’तरा

समाचार

सरकारले २०७१ सालमै चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुं’गा, बालुवा, गिटी निकाल्न कानुनी रूपमा रोक लगाएको थियो। शनिबार सरकारले बजेट भाषणमार्फत व्यापार घा’टा कम गर्न निकासी खुलाउने भनेको छ। यसले सबैभन्दा बढी मा’रमा मधेस क्षेत्र पर्ने देखिन्छ।

पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १ सय ६४ वटा खोलाको मुहान हो। अन्य खोलानदीको तुलनामा चुरेबाट बग्ने खोला बढी वि’ना’श’कारी हुने विज्ञहरूको भनाइ छ। चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। ‘निकासी खुला नगरिँदै त चुरे क्षेत्रमा दोहनको अवस्था उदेकलाग्दो छ,’ धनुषाका चुरे अभियन्ता कृष्णकुमार राउत भन्छन्, ‘निकासी खुला गरिदियो भने त बेलगाम वि’नाशली’ला हुन्छ। अहिलेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन हुँदा खेत कटा*न, बा’ढीपहि’रोको जो’खिम बढ्दो छ। झन् निकासी खुल्दा क’हालीला’ग्दो अवस्था आउने निश्चित छ।’

चु’रे पहाडबाट बगेर आउने भललाई डेढ दशकअघिसम्म मधेसमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन, बालुवा र गेग्र्यान बोक्छ, जसले तराईमधेसमा हराभरा बनाउन होइन, उजाड बनाउन मद्दत गरिरहेको छ। त्यसले मरुभूमीकरण र डुबानको समस्या दिनदिनै थपिरहेको छ। बाढीले खेतमा बालुवा बिसाउँदै अघि बढ्दा लहलाउँदो अन्नबाली सखाप भएर मधेस बर्सेनि खडरीको मार झेल्न बाध्य हुँदै आएको छ।

डु’ब्दै मधेस

पूर्व–पश्चिम राजमार्गको महुली खोलाको पुल हेर्दाहेर्दै होचो र खोला अग्लो भएको छ। पुल बन्दा यो खोला यति चौडा थिएन। साँघुरो खहरेजस्तो थियो। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय गयाधर सदा भन्छन्, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो। अहिले सतहमा थपिँदो बालुवाका कारण खोला र बस्तीको उचाइ बराबर भएको छ।’ महुली पुलको पश्चिम घर भएका शिवलाल सदाय पनि १५ वर्षअघिसम्म खोलाको सतह यति अग्लो नभएको बताउँछन्।

‘अहिले बस्ती र खोला बराबर भइसक्यो,’ खोलामा बालुवा थुप्रिँदै जानुको कारणबारे उनी भन्छन्, ‘चुरियामाई (चुरे) मा लकडीपाती (रूख) र पाखन (ढुंगा) बेहिसाब निकाल्ने गरिएको परिणाम हो यो।’ चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल निकालिरहेपछि सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा मधेसका खोलामा थुप्रिएर सतह उठ्दै गएको उनको भनाइ छ।

खाँडो खोलाको कथा पनि उस्तै छ। खाँडो खोला डेढ दशकअघिसम्म बस्तीभन्दा निकै गहिरो थियो। अहिले खोलाको सतह बस्तीभन्दा माथि उठेको छ। खोलाको उचाइ यसैगरी बढ्दै जाने हो भने वरपरका बस्तीलाई बाढीले निल्न अब धेरै समय लाग्दैन छैन। मधेसको डुबान, मरुभूमीकरणजस्ता समस्या समाधानका लागि भने खोलामा होइन मूल (चुरे) मै उपचार खोज्नुपर्ने विज्ञहरू बताउँछन्। ‘चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायत काम जसलाई हामी दोहन भन्छौं,’ राष्ट्रपति चुरे–तराई मधेस कार्यक्रमका पूर्वसदस्य डा. नागेन्द्रप्रसाद यादव भन्छन्, ‘त्यो नरोकेसम्म तल (खोलामा) जति उपचार प्रबन्ध गरे पनि टिकाउ हुँदैन।’ अनियन्त्रित दोहनले उजाड बन्दै गएको चुरेलाई हरियाली बनाउनुपर्ने उनको सुझाव छ। चुरेक्षेत्रमा दोहन, उत्खन्नलाई रोक लगाउनुपर्ने उनको भनाइ छ।

चुरेको बनोट अन्यभन्दा फरक रहेको विज्ञहरू बताउँछन। हिमालय उत्पत्तिका क्रममा करिब ४ करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरू त्यति नै चञ्चल छन्। यसमा निरन्तर भइरहेको दोहनका कारण खोलाहरूले धार परिवर्तन गर्दा बा’ढीपहि’रोको जो’खिम झन् बढाउँछ। नदी तथा जलाधार विज्ञ डा. यादवका अनुसार चुरे विनास र यस भेगका खोलामा हुने अनियन्त्रित दोहनले तराई–मधेसका अधिकांश क्षेत्र सामान्य झरीमा पनि डु’बानमा पर्ने गरेका छन्। डाँडै नांगो हुनेगरी चुरे मास्न थालेपछि मधेसमा मरुभूमीकरण र बाढीको क्ष’ति सदाबहार बनेको हो।(आजको नागरिक दैनिकमा खबर छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *