पहिलो घरबेटीले कोठाबाट निकालिएकी साइकलवालीलाई अर्को कोठा मिल्यो, पी’डा देखेर सहयोग,(भिडियो हेर्नुहोस्)

भिडियो

पहिलो घरबेटीले कोठाबाट निकालिएकी साइकलवालीलाई अर्को कोठा मिल्यो, पी’डा देखेर सहयोग,(भिडियो हेर्नुहोस्)
पहिलो घरबेटीले कोठाबाट निकालिएकी साइकलवालीलाई अर्को कोठा मिल्यो, पी’डा देखेर सहयोग,(भिडियो हेर्नुहोस्)
रामेछापकि मीरा खत्री कार्की यतिबेला बानेश्वरको एटीएम लन्जमा सेक्युरिटीको काम गर्दै आइरहनुभएको छ। उनी साइकलमा करिब एक घण्टा हिँडेर त्यहाँ पुग्न गर्छिन्। साइकल किन्नुभन्दा अगाडि उनी दुई घण्टा हिँडेर पुग्ने गर्दथिन्। उनी यतिबेला काठमाडौमा एक्लै बस्दै आइरहेकी छिन्। उनको बच्चाहरू,श्रीमान र सासूससुरा पनि हुनुहुन्छ। श्रीमान चाहिँ ड्राइभर हुनुहुन्छ।

उनको र श्रीमानको खटपट भएपछि एक अर्कामा अलग बस्दै आइरहेकी उनी सुरुमा आफ्नो बच्चा लिएर काठमाडौ आइन् र घर बनाउने ठाउँमा ज्यामी काम गर्न थालिन् तर बच्चालाई पनि संगसंगै लैजानु पर्ने र बच्चाले पनि जथाभावी ढुङ्गा माटो खेलाउने,खाने भएकोले संगै राख्न नमिलेर घरमै लगेर राखेकी थिइन्।घरमा पनि सासू आमाको रातदिन कचकचले गर्दा उनी त्यहाँ पनि बस्न नसकी फेरि काठमाडौ आएर बसेकी थिइन्।

काठमाडौमा बस्दै गर्दा घरबेटीले भाडामा सारै नै किचकिच गर्ने भएर पहिले बस्दै आएको घर छाडेर अर्को घरमा सरेकी छिन्।एकजना दाइले लगाइदिनुभएको सेकुरिटीको जागिर त्यसमा पनि जम्मा ११ हजार मात्रै हुन्छ। त्यसमा पनि ४ हजार त दिनैपर्छ र बाँकि ५ हजारमा सबै गुजारा चलाउनुपर्ने हुन्छ। घरमा जाँदा पनि सासूले तथानाम गाली गरेर बस्न नसक्ने बनाएको उनले बताएकी छिन्।

छोराछोरीलाई पनि आफूसँग बोल्न समेत नदिएको र विद्यालयमा पृन्सिपलसँग कुरा गर्दा बोल्नको लागि आग्रह गर्दा पनि नदिनु भनेको रहेछ। एकपटक घर गएको बेला आफ्नो छोराछोरीलाई खानेकुरा लिएर जाँदा सम्म खान नदिएको गुनासो उनले गरेकी छिन्। त्यो बेला उनी तीन दिन त्यसै बसिन् र खाना पनि नखाइकन काठमाडौ फर्कनु परेको उनी सम्झना गर्दछिन्।

उनको श्रीमानसँग पनि कुनै पनि किसिमको बोलचाल हुँदैन र घरमा भएका सासूससुराबाट पनि कुनै किसिमको राम्रोसँग बोलचाल समेत नभएको र आफ्नो छोराछोरीलाई आफूबाट टाढा राखेको प्रती उनी दुख व्यक्त गर्दछिन्।कृपया यसै विषयमा उहाँसँग गरिएको कुराकानीको भिडियो पूरा तल प्रश्तुत गरिएको छ हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *