जावलाखेल भलिवल टिमका म्यानेजर पक्राउ

समाचार

काठमाडौं – ललितपुरको जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठ पक्राउ परेका छन्। प्रहरी टोलीले ५० ग्राम ला’गुऔ’षध सहित उनलाई पक्राउ गरेको हो। उक्त सामान उनको कोठाबाट ब’रामद गरिएको प्रहरीले जनाएको छ। उनीसँगै अमृता खड्का र परदु गुरुङ पनि पक्राउ परेका छन्।

उनीहरू अनुपकोमा यिनै कुरा किन्न गएको बेला प्रहरीले पक्राउ गरेको हो। अनुपले यसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अनुपको कोठाबाट प्रहरीले यहि कुरा तौलने डिजिटल तराजु, प्लाष्टिकका प्याकेट र तीन थरी मिश्रण गरेर प्रयोग गरिने कुरा पनि ब’रा’मद गरेको छ।

यस्तै कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम ला’गुऔ’ष’ध’स’हित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध यहि शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *