सन्तानलाई आफ्नो फिल्म हेर्न किन दिँदैनन् आयुष्मान ?

समाचार

पहिलो फिल्म ‘विक्की डोनर’ देखि पछिल्लो फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ सम्म हेर्ने हो भने अभिनेता आयुष्मान खुरानाले हरेक फिल्ममा फरक-फरक भूमिका निर्वाह गरेका छन् । यही कारण बलिउड इन्डस्ट्रीमा उनको एक अलग पहिचान छ । उनको अलग जनराका फिल्म दर्शकले निकै रुचाएका छन् । तर, उनी भने आफ्ना बच्चालाई आफ्नो फिल्म देखाउन मन पराउँदैनन् ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरा बच्चालाई मेरो फिल्म हेर्न अनुमति छैन । अरु कलाकारको फिल्म भने हेर्छन् । हरेक फिल्ममा किसिङ सिन हुन्छन् । यसकारण उनीहरुका लागि यो ठिक हुन्न । आफ्नो पिताले दोस्रो महिलालाई किस गरेको देख्दा बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव पर्ने भएकाले म आफ्नो फिल्म हेर्न दिन्नँ । अरु कलाकारको फिल्म हेर्न भने पूरा छुट छ ।’

उनले आफ्नो सन्तानलाई फिल्म नदेखाउनुको अर्को पनि कारण बताएका छन् । आयुष्मान अगाडि भन्छन्, ‘बच्चाहरुको अपेक्षाभन्दा म अलग फिल्म गर्छु । बच्चाहरु यस्तो हिरोलाई स्क्रिनमा हेर्न मन पराउँछन्, जो एक पन्चमा १० गन्डालाई ढालोस् । तर, मेरो फिल्ममा म आफैं पिटाइखाइरहेको हुन्छु । यही कारण मेरो फिल्म देखेर बच्चाहरु निराश नहुन् भनेर फिल्म हेर्न दिन्नँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *