यी किशोर जसले परिक्षा दिन जादा भएको एउटा घटना जुन उनि घर फर्किदा सम्म भाईरल बनिसकेको थियो (भिडियो सहित)-

Rochak

एजेन्सी । तस्बिरमा देखिएका यि किशोर परिक्षा दिन हिडिरहेका थिए । हावा निकै तेजले चलिरहेको थियो । उनी जव एउटा दुई तलाको घर नजिकैवाट गुज्रिए अचानक माथिल्लो तलाको अगाडीको भाग भत्एिर तल वजारियो ।

उनको खुट्टामा समेत केही अंश आएर ठोक्किए । एक इन्च मात्र उनी घर तर्फ भएको भए उनी किचिन्थे । तर त्यो घटनालाई वेवास्ता गर्दै उनी अगाडी बढे ।

परिक्षा दिए । उनले त्यतीबेला पनि त्यो घटना सम्झने कोशिष गरेनन् । किनकी सबै ध्यान उनी परिक्षामा लगाउन चाहन्थे । तर यो सबै घटना कसैले भिडियोमा रेकर्ड गरिरहेको थियो । उनी परिक्षा दिएर घर फर्कदा सम्म उनको त्यो भिडियो भाइरल भइरहेको थियो । यो भिडियोका बारेमा बीबीसीले किशोरसंग कुरा गरेको छ ।

यूकेको डोर्सिटमा भएको घटना हो । त्यहाँको एउटा भवनको भित्ता भत्किएर खस्दा बाटोमा हिँडिरहेका एक किशोर धन्न जोगिए। त्यस बेलाको खिचिएको एउटा भिडिओमा उनले खासै वास्ता नगरेको जस्तो तथा केही पनि नभए जसरी आफ्नो बाटो लागेको देखिन्छ।

उक्त भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि ती १७ वर्षे विद्यार्थीले त्यति बेला आफू प्रतिक्रियाविहीन जस्तो देखिएको भए पनि भित्रभित्रै निकै आत्तिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *