२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरिन्

समाचार

आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्त्यमा अरु पाँच जना बालबालिकालाई नयाँ जीवन दिएर अाफुले मृ’त्युवरण गरेकी छिन् ।

गम्भीर दुर्घटनामा परेकी यी धनिष्ठा नामकी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डे’ड घोषित गरेका थिए । पछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् ।

उनले मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरेकि थिईन ।धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई उनका सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डे’ड घोषित गरिए को थियो।

धनिष्ठाका पिता आशिष कुमारले चर्चित समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *