इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु

समाचार

काठमाडौँ । महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्।

घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न गएका दुबै बालकको शनिबार अपराह्न डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।दुबै बालकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। फाईल फोटो

यो पनि, विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु
कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अङ्कको २० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अङ्कको ६० प्रतिशत अङ्क दिइने छ । बाँकी २० प्रतिशत विद्यार्थीको निरन्तर मूल्याङ्कनबाट अङ्क राखिने छ । विद्यार्थीको नियमित क्रियाकलाप, विभिन्न परियोजना, शिक्षक शिक्षिकाले विद्यार्थी र अभिभावकसँग गरिएका कल रिपोर्ट, अनलाइन परीक्षा लिएको भए त्यसमा प्राप्त अङ्कलगायतबाट २० अङ्क दिन लागिएको सुवेदीले जानकारी दिनुभयो ।

यही जेठ २५ गतेभित्र कक्षा ८ का विद्यार्थीको अङ्क सम्बन्धित पालिकामा पठाउन भनिएको छ । पालिकामार्फत कक्षा ८ को नतिजा सार्वजनिक गरिने छ । अन्य कक्षाको जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको सुवेदीले बताउनुभयो । जिल्लाका निजी र केही सरकारी विद्यालयले निषेधाज्ञाको समयमा भर्चुअल माध्यमबाट परीक्षा र पढाइसमेत गरेका छन् ।

जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालय छन् । ती विद्यालयमध्ये सामुदायिकमा ७७ हजार ३३९ र संस्थागतमा ५७ हजार ४६३ विद्यार्थी अध्ययनरत छन् । नतिजा प्रकाशनसँगै आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *