झापाको दूधे बजारमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

समाचार

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित दूधे बजारमा आज साँझ करिब ७ बजे भएको मोटरसइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय जीवनकुमार दर्नालको मृत्यु भएको हो ।

शिवगञ्जबाट दूधेतर्फ मे १२ प २३८४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दर्नाल बजार क्षेत्रमा सजावटका लागि राखिएका फुलसहितको गमलामा ठोक्किएका थिए ।

स्थानीय प्रत्यक्षदर्शी अनुसार तीनवटा गमला फुटेको छ । उनी सवार मोटरसाइकलमा उनी मात्र रहेका थिए । उनको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *