यी हुन विवाह नहुदै गर्भवती हुने बलिउड अभिनेत्रीहरु

समाचार

अष्ट्रेलिया : बलिउडमा सुन्दर अनुहार भएका अभिनेत्री धेरै छन् । उनीहरु आकर्षक देखिनु स्वभाविक पनि हो ।यही कारणले गर्दा उनीहरुको रोमान्सको खबर पनि लगातार आइरहन्छ ।कहिलेकाहिं रोमान्सले हद पनि पार गर्छ ।केही अभिनेत्रीहरु विवाहको बारेमा विचार त गरिरहेका हुन्छन्, तर त्यो भन्दा अगाडि नै गर्भवती भएको खबर बाहिरिन्छ ।उनीहरुले तुरुन्त विवाह गर्नुको कराण यो पनि एउटा हुन्छ । आज हामी त्यस्ता अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं, जो विवाह अगाडि नै गर्भवती भए ।

दीया मिर्जा
भखर्रैमात्र अभिनेत्री दीया मिर्जाले दोस्रो विवाह गरेकी छिन् । विवाह गरेको केही समयमा नै उनले आफू गर्भवती भएको खबर दिएकी छिन् ।यसबाट के प्रश्न उठ्छ भने के दीया विवाहभन्दा पहिला नै गर्भवती भएकी थिइन् रु दीयाले यस प्रश्नको उत्तरको सामना राम्रो तरिकाले गरेकी छिन् ।उनले सामाजिक सञ्जालबाट स्पष्ट पार्दै आफुले गर्भवती भएकाले विवाह नगरेको र गर्भवती भएको त्यो समयमा थाहा भयो जब विवाहको तयारी गरिँदै थियो भन्ने कुरा बताएकी छिन् ।उनले आफु विवाह अगाडि गर्भवती भएको कुरालाई स्वीकार गरेकी छिन् ।

श्रीदेवी
बोनी कपूरले श्रीदेवीको मन त्यो समयमा जित्न सफल भए, जब श्रीदेवीको आमाको अमेरिकामा उपचार भइरहेको थियो । त्यो समयमा बोनीले श्रीदेवीलाई धेरै सहयोग गरेका थिए ।सन् १९९६ मा अचानक श्रीदेवीले बोनीसंग विवाह गरेर आफ्ना फ्यानलाई आश्चर्यमा पारेकी थिइन् ।भनिन्छ, श्रीदेवी गर्भवती भएपछि उनले बोनी कपूरलाई श्रीमान् बनाउन समय ढिला गरिनन् ।स्वंय श्रीदेवीले उक्त कुरालाई स्वीकार गरेका थिए ।

सेलिना जेट्ली
सेलिना जेट्लीले प्रेमी पीटरसंग तुरुन्त विवाह गरिन् र केहि महिनापछि जुम्ल्याहा बच्चा जन्माइन् ।जसबाट उनी विवाहभन्दा पहिला गर्भवती भएको चर्चा चलेको थियो ।

महिला चौधरी
महिमा चौधरीले सुभाष घईको फिल्म परदेसबाट आफ्नो करियर शुरु गरेकी थिइन् ।उनको वास्तविक नाम हो रितु चौधरी ।महिमाले सन् २००६ मा अचानक बबी मुखर्जीसंग विवाह गरिन् ।त्यो समयमा उनको हातमा केही फिल्महरु पनि थिए ।तर उनले त्यही समयमा विवाह गरिन्, जसको कारण पनि उनी विवाह भन्दा अगाडि नै गर्भवती थिइन् ।उनले विवाहको केही समयमा नै बच्चा जन्माइन् ।

अमृता अरोरा
मलाइका अरोरकी बहिनी अमृता अरोराको बिजनेसम्यान शकीलसंग प्रेम सम्बन्ध चलिरहेको थियो ।उनले तुरुन्त विवाह गरिन् ।उनी पनि विवाह अगाडि नै गर्भवती भएकाले उनले तुरुन्त विवाह गर्नु परेको थियो ।विवाहको केही दिनमा नै अमृताले आफू गर्भवती भएको बताएकी थिइन् ।

सारिका
फिल्म राजतिलकको शूटिङको क्रममा कमल हसन र सारिकाबीच रोमान्स शुरु भएको थियो ।अचानक दुवैले विवाह गरे ।जसको पछाडिको कारण सारिका गर्भवती भएकी थिइन् ।

नीना गुप्ता
नीना गुप्ताले अचानक आफू गर्भवती भएको खबर सुनाएर सबैलाई आश्चर्यमा पारेकी थिइन् ।उनले बच्चाको बुबाको नाम पनि भनिनन् । साहसिक निर्णय लिँदै उनले बच्चा जन्माइन् ।पछि उनको बच्चाको पिता क्रिकेटर भिभियन रिचर्ड्स थिए भन्ने कुरा पत्ता लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *