इतिहासमा पहिलो पटक यति धेरै ह्वात्तै बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

समाचार

गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने हुने क्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *