टिकटकबाट कमाएको पैसाले मोडल गरिमाले खुवाईन् ४ सय जनालाई खाना

समाचार

कोरोना महामारीका बेला सबैजना समस्यामा छन् । समस्यामा परेकाहरुलाई सक्नेले सहयोग गरिरहेकै छन् । यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएकी छिन् । साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् ।

आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् । ‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् ।

लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुुँ व्यस्त हुने गरिमाले आफुले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मिले दुखमा परेकालाई सहयोग गरिरहहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *