विवाहपछि कामको अफर कम आउन थालेपछि आधा पारिश्रमिक घटाइन काजल अग्रवालले

Rochak

काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवाललाई विहेपछि फिल्मको अफर आउन छोडेको छ । यसरी फिल्मको लागि अफर नै आउन छाडेपछि अभिनेत्री काजलले आफ्नो पारिश्रमिक आधा कम गर्ने निर्णय गरेकी छन् ।

बलिउड लाइफका अनुसार अभिनेत्री काजलले विहे गरेसँगै अफर कम आउन थालेको छ । राम्रो प्रोजेक्टहरु आफ्नो खातामा जोड्नका लागि भएपनि अभिनेत्री काजलले आधा पारिश्रमिक नै कम गर्ने फैसला गरेकी हुन् ।

अभिनेत्री काजलका लागि उक्त निर्णय गर्नु सजिलो थिएन, तर आफ्नो हातबाट राम्रो प्रोजेक्ट जाने डरले पनि उनले यस्तो निर्णय गरेकी बबताइएको छ । जानकारी अनुसार अभिनेत्री काजलले एउटा फिल्मका लागि तीन करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन् ।

विशेष गरी अभिनेत्री काजल अग्रवाल साउथ फिल्म उद्योगमा निकै चर्चित छन् । बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी काजल अग्रवालको वर्कफ्रन्टको कुरा गर्नुपर्दा अब उनी चिरञ्जीवीको अपकमिङ फिल्म ‘आचार्य’मा देखिदैछन् ।

त्यस्तै, उनी कमल हसनको बिग बजेटको फिल्म ‘इन्डियन २’ मा पनि देखिदैछन् । यसका साथै काजलले नागार्जुनको फिल्ममा पनि काम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *