रमेश प्रसाईको श्रीमती र टिका सानु बीच पहिलो भेटमै चल्यो कडा दोहोरी, म छोरी भन्दै हसाइन नन्दाले (तुरुन्तै हेर्नुहोस्)

भिडियो

रमेश प्रसाईको श्रीमती र टिका सानु बीच पहिलो भेटमै चल्यो कडा दोहोरी, म छोरी भन्दै हसाइन नन्दाले (तुरुन्तै हेर्नुहोस्)
सेयर
रमेश प्रसाईको श्रीमती र टिका सानु बीच पहिलो भेटमै चल्यो कडा दोहोरी, म छोरी भन्दै हसाइन नन्दाले (तुरुन्तै हेर्नुहोस्)

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

काठमाडौं । गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोनाभाइरस संक्रमण महामारीले उतै रोकिनु परेको जानकारी गराउँदै उनले अमेरिकामै संकलन गरेको पहिलो चरणको १५२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली रुपैयाँ) महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिदिएको जानकारी दिएका हुन् ।

कोरोनाभाइरस संक्रमणबाट आफ्नो देश नेपाल र आमनागरिक पीडित भएका बेला कसरी सहयोग गर्न सकिन्न भन्ने उद्देश्यका साथ अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरेको जानकारी दिएका हुन् । उनले पनि व्यक्तिगत रुपमा ५ सय अमेरिकी डलर सहयोग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रकम दिनेहरुको नाम र प्राप्त रकमको विवरण खुलाएर सार्वजनिक गरेका छन् । साथै उनले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिएका छन् । सो रकम प्राप्त भएमा नेपालको सामाजिक क्षेत्रमा काम गरेको संस्थालाई प्रदान गरिने गायक ढकालको भनाइ छ ।

कोरोनाभाइरस संक्रमणको चपेटामा परेका नेपालीलाई मल्हम लगाउने उद्देश्यले आफूले सहयोगको आह्वान गरेर रकम संकलन गरेको गायक ढकालले बताए । सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरेका छन् ।

रमेश प्रसाईको श्रीमती र टिका सानु बीच पहिलो भेटमै चल्यो कडा दोहोरी, म छोरी भन्दै हसाइन नन्दाले (तुरुन्तै हेर्नुहोस्)

यो पनि पढ्नुहोस् : लोकप्रिय गायक पुश्कल शर्मा र रचना रिमालको पहिलो गित ‘के दिऊ मायालाई चिनो’ चौतर्फि रुचाईयो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाऊन सफल, वियोगान्त गित संगितका धरोहर, लोकप्रिय गायक, गितकार, संगितकार, निर्देशक, मोडेल, समाजसेवी, सहयोगी भावनाका धनि, सबैसंग सम्मान व्यवहार गर्ने, कसैको आखामा राख्दा पनि नविझाऊने लोकप्रिय व्यक्तित्व पुश्कल शर्माको बहु-प्रतिक्षित गित ‘के दिऊ मायालाई चिनो’ केहि दिन अघि सार्वजनिक भएको थियो ।

गितमा लोकप्रिय गायक पुश्कल शर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर आवाज सजिएको छ । पुश्कल शर्माकै उत्कृष्ट लय शब्द रचना रहेको गितमा कृष्ण विक ‘भान्जा’को संगित संयोजन रहेको छ । मायालाई चिनो दिने कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार अन्जलि अधिकारी संगै पुश्कल शर्माकै अभिनय एवम् फिचर रहेको छ भने साथसाथै सवि शर्मा, अनुपा अधिकारी, समिक्षा पोखरेलको पनि अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ |

समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट अनि फरक वनेको छ, भिडियोमा शर्माले निकै फरक फरक लुक्समा आफुलाई दर्शाएका छन् | गितको म्युजिक भिडियोमा अजय रेग्मिको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ ।

मन्दिर म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गितको अफिसियल म्युजिक भिडियो पुश्कल शर्माकै अफिसियल युटुव च्यानलबाट रिलिज भएको छ । उक्त गितको प्रतिक्षामा शर्माका धेरै फ्यानहरु, शुभचिन्तकहरु रहेका थिए , भने गित छोटो समयमै अत्यन्तै लोकप्रिय वनेको छ , चौतर्फी सकारात्म प्रतिकृया प्राप्त गित यति वेला युटुवमा अत्यन्तै रुचाईएको छ |

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामनासहित भिडियो हेर्नुहोस् ।

यो पनि पढ्नुहोस् : दोहोरी चाम्पियनकि रिता राउतको पहिलो गीत रेकर्ड हुदा खुसीले छमछमी नाचिन स्टुडियोमै, सबिनले झन मिठो गाए (तुरुन्तै हेर्नुहोस् भिडियो)

काठमाडौं : दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्हक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।

उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ । रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।

पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।

रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् । दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।

त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।

अहिले तिनै रितालाई भेट्न र सहानुभूति दिन बिना कुमारि दुरा उनलाई भेट्न गएकि छिन् ।बिना कुमाररि दुराको अङ्गालोमा रिताले आफ्नो आँसु थाम्न नै सकिनन् । अहिले भने रिताले हार्मोनि र पैसा समेत सहयोग पाएकि छिन् ।

गायिक बन्ने सपना लगभक पूरा भयो । किनकि गित बनाउन पैसा पनि आयो र गित सिक्न हार्मोनियम पनि ।त्यति मात्रै हैन गिताको आमालाइ उपचार समेत गरिदेने सहयोगिहरुले आश्वासन दिनुभएको छ ।बधाई छ रिता तिमी अब उड्नु पर्छ ,सफलताको शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री :

यो पनि पढ्नुहोस् : आजको कोरोना ताजा अपडेट : लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी, हेर्नुहोस् भिडियो !

काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन ।

२० हजार ४१८ जनाको पिसिआर र ५७८ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १६ हजार ४७६ सक्रिय संक्रमित छन ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै हाल सम्म मृ’त्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७३८,मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४,झापामा ११८,कैलालीमा ११२,मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७,बारामा ८९,सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६/६६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८,दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।

यस्तै पर्वत र स्याङजामा ३८/३८ जना,संखुवासभामा ३७,रौतहटमा ३२, तेह्रथुममा ३१,बाँकेमा ३०,कञ्चनपुरमा २९,पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३,धनकुटामा २२,पाँचथरमा २१,ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।

बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३,रुकुम पश्चिममा १२, डोटीमा ९,ओखलढुंगा र नवलपरासी पश्चिममा ८/८ जना,खोटाङमा ७,भोजपुर, रोल्पा र कालिकोटमा ६/६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना,इलाममा ४,सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका २१४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित विषय:

Leave a Reply

Your email address will not be published. Required fields are marked *