कोरोना बिरुद्ध कस्ता प्रकारका सामाग्री उत्पादन गर्दै छन् त महावीर पुन ? थाहा पाउनको लागी यो भिडियो तुरुन्तै हेर्नुहोस् !

भिडियो

कोरोना बिरुद्ध कस्ता प्रकारका सामाग्री उत्पादन गर्दै छन् त महावीर पुन ? थाहा पाउनको लागी यो भिडियो तुरुन्तै हेर्नुहोस् !
कोरोना बिरुद्ध कस्ता प्रकारका सामाग्री उत्पादन गर्दै छन् त महावीर पुन ? थाहा पाउनको लागी यो भिडियो तुरुन्तै हेर्नुहोस् !

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

काठमाडौं । गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोनाभाइरस संक्रमण महामारीले उतै रोकिनु परेको जानकारी गराउँदै उनले अमेरिकामै संकलन गरेको पहिलो चरणको १५२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली रुपैयाँ) महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिदिएको जानकारी दिएका हुन् ।

कोरोनाभाइरस संक्रमणबाट आफ्नो देश नेपाल र आमनागरिक पीडित भएका बेला कसरी सहयोग गर्न सकिन्न भन्ने उद्देश्यका साथ अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरेको जानकारी दिएका हुन् । उनले पनि व्यक्तिगत रुपमा ५ सय अमेरिकी डलर सहयोग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रकम दिनेहरुको नाम र प्राप्त रकमको विवरण खुलाएर सार्वजनिक गरेका छन् । साथै उनले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिएका छन् । सो रकम प्राप्त भएमा नेपालको सामाजिक क्षेत्रमा काम गरेको संस्थालाई प्रदान गरिने गायक ढकालको भनाइ छ ।

कोरोनाभाइरस संक्रमणको चपेटामा परेका नेपालीलाई मल्हम लगाउने उद्देश्यले आफूले सहयोगको आह्वान गरेर रकम संकलन गरेको गायक ढकालले बताए । सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरेका छन् ।

कोरोना बिरुद्ध कस्ता प्रकारका सामाग्री उत्पादन गर्दै छन् त महावीर पुन ? थाहा पाउनको लागी यो भिडियो तुरुन्तै हेर्नुहोस् !

यो पनि पढ्नुहोस् : निक्कै खुशीको खबर ! नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या यतिधेरै बढी, आज तुरुन्तै हेर्नुहोस् !

नेपालमा थप ६,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। विगत २४ घण्टामा १९,३५२ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बुधवार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। सो अवधिमा ६,७१६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ जुन सङ्ख्या उल्लेखित कुल दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ।

नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३४.७ रहेको छ। यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ र मृतकको सङ्ख्या ६,८४५ पुगेको छ। अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाण्डूमा १,१३९ गरी उपत्यकामा कुल १,४९३ जनामा कोभिड पुष्टि भएको हो। मन्त्रालयका अनुसार अहिले देशभरि एक लाख १७ हजार सक्रिय सङ्क्रमण छ।

तीमध्ये एक लाख आठ हजार घरमै छन् भने ८,४५७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६७१ जना आईसीयूमा र तीमध्ये ४३४ जना भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *