नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

समाचार

काठमाण्डौ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप निदे घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणा गरेका हुन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी गराएकी हुन्। ‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्’, राजदूत होउले लेखेकी छिन्।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए। दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए।

राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेको सञ्चार विज्ञ ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *